+
Search

ताजा अपडेट +

पपुलर +

मतदाता दुई लाख ४८ हजार यसपटक आठ हजार वृद्धि

मतदाता दुई लाख ४८ हजार यसपटक आठ हजार वृद्धि
त्रिशूली प्रवाह
१४ घण्टा अगाडी

विदुर । नुवाकोटमा अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनभन्दा यसपटक आठ हजार एक सय २२ मतदाता थपिएका छन् । जिल्लाका दुई निर्वाचन क्षेत्रमा कुल मतदाता दुई लाख ४७ हजार आठ सय ६८ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदातामध्ये एक लाख २८ हजार आठ सय ९० पुरुष, एक लाख १८ हजार नौ सय ७५ जना महिला र तीनजना अन्य छन् । गत २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जम्मा मतदाता दुई लाख ३९ हजार सात सय २६ थिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने र तस्बिरसहित मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउनेछन् । नयाँ र पुराना मतदाताको एकमुस्ट सङ्ख्याअनुसार क्षेत्र नम्बर २ को भन्दा क्षेत्र नम्बर १ मा १० मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार नौ सय ३९ र क्षेत्र नम्बर २ मा एक लाख २३ हजार नौ सय २९ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा सात गाउँपालिकाका ४५ वडा पर्छन् । स्थानीय तहअनुसार गाउँपालिका ककनीमा २२ हजार पाँच सय ४१, तादीमा १५ हजार ६ सय नौ, दुप्चेश्वरमा १७ हजार सात सय ५५, पञ्चकन्यामा १५ हजार पाँच सय ६५, लिखुमा १६ हजार एक सय १९, शिवपुरीमा २१ हजार तीन सय ९३ र सूर्यगढीमा १४ हजार नौ सय ४७ जना मतदाता छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा दुई नगरपालिका र तीन गाउँपालिका छन् । सो क्षेत्रमा ४३ वडा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नगरपालिका बेलकोटगढीमा ३५ हजार चार सय ९४ र विदुरमा ४७ हजार एक सय ११ मतदाता छन् । त्यस्तै, गाउँपालिका किस्पाङमा १२ हजार सात सय १८, तारकेश्वरमा १५ हजार पाँच सय दुई र म्यागङमा १३ हजार एक सय १४ मतदाता छन् । त्यहाँ ६४ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नम्बर १ मा ६८ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । ककनीमा मतदानका लागि ११ मतदानस्थल र २५ मतदान केन्द्र, तादीमा सात मतदानस्थल र १९ मतदान केन्द्र, दुप्चेश्वरमा १५ मतदानस्थल र २४ मतदान केन्द्र, पञ्चकन्यामा ६ मतदानस्थल र १७ मतदान केन्द्र, लिखुमा सात मतदानस्थल र १७ मतदान केन्द्र, शिवपुरीमा १२ मतदानस्थल र २४ मतदान केन्द्र तथा सूर्यगढीमा १० मतदानस्थल र १८ मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै किस्पाङमा ६ मतदानस्थल र १५ मतदान केन्द्र, तारकेश्वरमा आठ मतदानस्थल र १९ मतदान केन्द्र, बेलकोटगढीमा १६ मतदानस्थल र ४३ मतदान केन्द्र, म्यागङमा आठ मतदानस्थल र १६ मतदान केन्द्र तथा विदुरमा २६ मतदानस्थल र ५६ मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह