+
Search

ताजा अपडेट +

पपुलर +

हतियार बुझाउन जिप्रकाको सूचना

हतियार बुझाउन जिप्रकाको सूचना
त्रिशूली प्रवाह
८ महिना अगाडी

विदुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारी दर्ता गराएर गाउँगाउँमा चुनावी प्रचार तीव्र पारेका वेला जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा दर्ता स्रेस्ता कायम रहेका व्यक्तिगत हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित प्रशासनले हतियार सङ्कलन प्रक्रिया सुरु गरेको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको सूचनामा प्रशासनमा दर्ता स्रेस्ता कायम रहेका सबै प्रकारका वैध व्यक्तिगत हातहतियार तत्काल बुझाउन आग्रह गरिएको छ । सूचनाअनुसार प्रशासनमा दर्ता रहेका राइफल, पेस्तोल, रिभल्बर, बन्दुकलगायतका हातहतियार तथा तिनमा प्रयोग हुने गोली नजिकका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय नुवाकोट वा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन सकिने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै वैध रूपमा दर्ता भएका हातहतियार अस्थायी रूपमा बुझाउन सूचना जारी गरिएको जानकारी दिनुभयो । ‘निर्वाचन सम्पन्न भएको मितिले एक महिनापछि बुझाइएका हातहतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ,’ सूचनामा उल्लेख गरिएको छ । हातहतियारको नवीकरण जिल्ला प्रशासन कार्यालयबाट हुने स्पष्ट व्यवस्था रहेकाले हाल सोहीअनुसार नवीकरण तथा व्यवस्थापन हुँदै आएको प्रशासनले जनाएको छ ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह