+
Search

ताजा अपडेट +

पपुलर +

झिल्टुङ क्रसकन्ट्री दौड सम्पन्न

झिल्टुङ क्रसकन्ट्री दौड सम्पन्न
त्रिशूली प्रवाह
१ महिना अगाडी

कोल्पुटार । बेलकोटगढी नगरपालिकाको आयोजनामा दशौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता गत शनिबार सम्पन्न भएको छ । बेलकोटगढी-५, कोल्पुटारमा सम्पन्न प्रतियोगितामा ४.५ किलोमिटर, १३.४ किलोमिटर दूरीको पुरुष, महिला, जुनियर तथा स्थानीय खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।

४.५ किलोमिटर जुनियर छात्र खुला (१६ वर्षमुनि) को प्रतिस्पर्धामा बाटुल कार्की पहिलो, सुभाष लामिछाने दोस्रो र प्रवीण कार्की तेस्रो तथा ४.५ किलोमिटर जुनियर छात्रा खुला (१६ वर्षमुनि) तथा महिला जुनियर समूहमा प्रतिज्ञा कार्की पहिलो, शर्मिला ओली दोस्रो र आर्यमा आचार्य तेस्रो भएका छन् । त्यसैगरी, १३.४ किलोमिटर खुला पुरुषतर्फ धर्म महर्जन पहिलो, इन्द्रबहादुर दाहाल दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भएका छन् । १३.४ किलोमिटर महिला खुलातर्फ फुलमती राना पहिलो, राजु हाङ्मी रावल दोस्रो र सुशीला महत तेस्रो, स्थानीय तथा उमेर समूहका अन्य प्रतिस्पर्धामा स्थानीय पुरुष, महिला, आमा समूह तथा जुनियर स्थानीय समूहबिच प्रतिस्पर्धामा उत्साहजनक सहभागिता थियो । सो अवसरमा विभिन्न क्लब तथा संस्थाबाट सहभागी खेलाडीबिच र प्रतिस्पर्धात्मक दौड प्रतियोगितासमेत भएको थियो । माघ १० गते प्रतियोगिताको दौड शुभारम्भ बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले र समापन कार्यक्रममा नेकपा नेतृ तथा पूर्वसांसद बिमला सुवेदीले नगद पुरस्कार तथा सिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । गत बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले गर्नुभएको वडा नम्बर ५ का अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह