+
Search

ताजा अपडेट +

पपुलर +

पुष्य नक्षत्रमा ४६० बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’

पुष्य नक्षत्रमा ४६० बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’
सुनील श्रेष्ठ
८ महिना अगाडी

विदुर । बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा पहिलोपटक निःशुल्क ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सुरु गरिएको छ । पुष्य नक्षत्रको दिन माघ १८ गते आयुर्वेद तथा वैकल्पिक चिकित्सालय विदुर-५, देवीघाट, नुवाकोटले पुष्य नक्षत्रको दिन आइतबार जिल्लाका एक वर्षदेखि पाँच वर्ष उमेर समूहका चार सय ६० बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाएको हो । चालू आवको कार्यक्रम आगामी फागुन १६ गते र चैत १४ गते पनि सञ्चालन हुनेछ । यसैगरी कार्यक्रम वि.सं. २०८३ वैशाख १० गते, जेठ ६ गते र असार ३ गते आयुर्वेद तथा वैकल्पिक चिकित्सालय देवीघाटमा मात्र सञ्चालन हुनेछ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीका अनुसार कार्यक्रमको दिन दुई सय ३७ जना बालक र दुई सय २३ जना बालिकालाई उमेरअनुसार दुईदेखि चार थोपा मात्रा खुवाइएको छ । बालबालिकाको सर्वाङ्गीण शारीरिक तथा मानसिक वृद्धि विकासका लागि उक्त कार्यक्रम लाभदायी रहेको उहाँले बताउनुभयो । बालबालिकाको समग्र स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु गरिएको यो कार्यक्रमले अभिभावकमा उत्साह थपेको छ । विशेषगरी सानै उमेरदेखि बालबालिकाको प्राकृतिक रूपमा स्वास्थ्य रक्षा गर्न आयुर्वेदको यो पद्धति निकै प्रभावकारी मानिन्छ । यो कार्यक्रम पुष्य नक्षत्रका दिनमा नियमित रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । नियमित स्वर्णविन्दु प्राशन एकदेखि पाँच वर्षका बालबालिकालाई खुवाइने लक्ष्य रहेको बताइएको छ । स्वर्णविन्दु स्वर्ण भष्म, शुद्ध मह तथा ब्राहीघृत (बौद्धिक क्षमता अभिवृद्धि गर्ने जडीबुटीहरूलाई घिउमा मिश्रण गरी बनाइएको औषधि) मिसाई निर्मित सुरक्षित एवम् बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि विकासका लागि उपयोगी आयुर्वेदिक औषधि हो । स्वर्णविन्दु बालबालिकाहरूलाई चिकित्सकको निगरानीमा सेवन गराउनु स्वर्णविन्दु प्राशन भनिन्छ । यो प्रत्येक महिना सेवन गराउन सकिने बताइएको छ । चिकित्सालयले यो सेवा निःशुल्क प्रदान गर्नेछ । रुघा, खोकी लागेको, ज्वरो आएको, खाना नपचेको, झाडापखाला लागेको, आउँ परेको अवस्थामा स्वर्णविन्दु प्राशन गराउन नहुनेसमेत बताइएको छ ।

Suzuki New Bike & Scooter

स्वर्णविन्दु प्राशन सेवन गरेका बालबालिकाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक बल र पाचन शक्तिलाई सबल बनाउँछ, रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई सङ्क्रमणबाट जोगाउँछ र बालबालिकाको दीर्घकालीन स्वास्थ्यमा लाभ पु¥याउने बताइएको छ । चिकित्सालयले गत बिहीबार चालू आवको प्रथम अर्धवर्षको गतिविधिको जानकारी दिन स्थानीय पत्रकारसँग अन्तत्र्रिmया गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चिकित्सालयका प्रमुख डा. गिरीले सेवाप्रवाहको स्थितिबारे विस्तृत जानकारी गराउनुभएको थियो । चिकित्सालय २५ शय्या स्वीकृत भए पनि हाल १० शय्यामा सञ्चालनमा रहेको छ । नुवाकोट जिल्लामा वि.सं. २०५३ मा स्थापना भएको चिकित्सालयले चालू आवमा बजेटमा भारी कटौती भएकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा कठिनाइ भइरहेको जानकारी दिएको छ । चिकित्सालयलाई औषधिको विविधता तथा परिणाम आवश्यकताभन्दा न्यून मात्रामा उपलब्ध हुनु र जनशक्तिको आभाव रहेकाले सबै पालिकामा कार्यक्रम सञ्चालन गर्न नसकिएको सो कार्यक्रममा जानकारी गराइएको थियो । स्थानीय सरकारसँग आवश्यक सहयोगका लागि चिकित्सालयले समन्वय गरिरहेको डा. गिरीले बताउनुभयो । जिल्लामा आयुर्वेद चिकित्सालय तादी-४ सुन्दरातामे, तादी-३ टुटुङ रालुका, तादी-५ नर्जामण्डप, लिखु-१ ढिकुरे, लिखु-६ मकैचौर थानसिंह, तारकेश्वर-३ चन्दनी र बेलकोटगढी नपा-२ खनायोखर्क कुमरीमा सञ्चालनमा रहेको छ ।

चालू आवको प्रथम अर्धवर्षमा चिकित्सालयले महिला १९ हजार आठ सय ३६, पुरुष १५ हजार ६ सय २० गरी कुल जम्मा ३५ हजार चार सय ५६ लाई सेवा दिएको सूचना अधिकारी वैद्य निरीक्षक नारायणप्रसाद वस्तीले जानकारी दिनुभयो । चालू आवको आधा वर्षमा कार्यालयले सङ्घीय ससर्त र प्रदेश स्रोतको कुल विनियोजित १९ अर्ब ८७ करोड ३० लाख ५९ हजार विनियोजित कुल बजेटमध्ये आठ अर्ब ९५ करोड ९८ लाख तीन हजार खर्च हुँदा ४५.८ प्रतिशत खर्च गर्न सफल भएको विवरण सार्वजनिक गरिएको थियो । हालसम्म कुनै बेरुजु नरहेकोसमेत चिकित्सालयका लेखा प्रमुख तिलक जैसीले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सुनील श्रेष्ठ