+
Search

ताजा अपडेट +

पपुलर +

शिखर इन्स्योरेन्सद्वारा वनदेवीमा निर्मित ट्रस हस्तान्तरण

शिखर इन्स्योरेन्सद्वारा वनदेवीमा निर्मित ट्रस हस्तान्तरण
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विदुर-२, वनदेवी सामुदायिक उद्यानमा नवनिर्मित ट्रस्ट सोमबार औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरेको छ । बगैँचामा आउने सर्वसाधारणको सहजताका लागि पूर्वाधार विकासमा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले उक्त संरचना निर्माण गरिएको कम्पनीका नुवाकोट शाखा प्रबन्धक सुरेन्द्र राईले जानकारी दिनुभयो ।

इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख सन्तोष पाण्डेको उपस्थितिमा पार्कका अध्यक्ष सुमन श्रेष्ठलाई सो ट्रस हस्तान्तरण गरिएको हो । व्यावसायिक सफलतासँगै सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय योगदान पु¥याउने कम्पनीको नीतिअनुरूप पार्कको सौन्दर्यीकरण र नागरिकको सहजताका लागि यो कार्य गरिएको बताउँदै शाखा प्रबन्धक राईले पार्कमा आवश्यक थप सहयोगसमेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्मित ट्रसले पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई घाम र पानीबाट ओत लाग्न तथा आराम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । हस्तान्तरण कार्यक्रममा पार्क व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह