धुन्चे । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवामा चार सय १५ जना निर्वाचन प्रहरी छनोट भई तालिम गरिरहेका छन् ।
नेपाल प्रहरीतर्फ तीन सय ६९ जना र सशस्त्र प्रहरीतर्फ ४६ गरी चार सय १५ निर्वाचन प्रहरी छनोट भएका हुन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा छनोट भएका निर्वाचन प्रहरीलाई माघ १८ गतेदेखि १० दिन तालिम प्रदान गरी मतदानस्थल र केन्द्रमा खटाइने बताइएको छ । रसुवाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या ४१ हजार चार सय ७१ जना रहेको छ भने मतदानका लागि जिल्लाभरि मतदानस्थल ३६ र ५७ वटा मतदान केन्द्र कायम गरिएको छ ।






प्रतिक्रिया