+
Search

ताजा अपडेट +

पपुलर +

होटेल तथा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउने

होटेल तथा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउने
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

काठमाडौं । होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको छैटौँ साधारणसभा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आइतबार र सोमबार साधारणसभा सम्पन्न भएको हो । सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको सहआयोजनामा सम्पन्न साधारणसभाको उद्घाटन होटेल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले गर्नुभएको थियो ।

साधारणसभामा प्रदेशभरिका नुवाकोट जिल्ला सङ्घसहित उल्लेख्य सङ्ख्यामा प्रतिनिधि र पर्यवेक्षक उपस्थित रहेका थिए । बागमतीअन्तर्गतका १३ वटै जिल्लाका होटेल तथा पर्यटन व्यवसायीको सहभागिता रहेको साधारणसभामा वर्तमान अवस्थामा सिङ्गो पर्यटन व्यवसायले भोगिरहनुपरेका चुनौती, अवसर र सम्भावनाबारे छलफल भएको थियो । साधारणसभामा सहभागीले नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको विकास हुन नसकेको गुनासो गरेका थिए । देशमा आइपर्ने दैवी–प्रकोपदेखि राजनीतिक आन्दोलनसमेतमा होटेल तथा पर्यटन व्यवसाय प्रभावित हुने गरेको उनीहरूको भनाइ थियो । सभामा सङ्घले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायसँगको सहकार्यमा व्यावसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह