+
Search

ताजा अपडेट +

पपुलर +

१८ वर्ष नाघेका ७५ बालबिज्याइँकर्ता नुवाकोट कारागारमा

१८ वर्ष नाघेका ७५ बालबिज्याइँकर्ता नुवाकोट कारागारमा
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । विदुर-६ स्थित केन्द्रीय कारागार खम्पा क्याम्पको रिक्त ब्लकमा भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई सोमबार स्थानान्तरण गरिएको छ ।

गत पुसमा मन्त्रिपरिषद्ले नुवाकोट जिल्लास्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार उक्त स्थानमा बाल अधिकारका तोकिएका मापदण्डअनुसार भक्तपुरको सानोठिमी बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका ७५ जना बालबिज्याइँकर्तालाई नुवाकोट पठाइएको कारागार विभागका महानिर्देशक शशिधर घिमिरेले जानकारी दिनुभयो । सानोठिमीस्थित बाल सुधारगृहमा माघ ८ गते भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न गृह मन्त्रालयले सानोठिमीस्थित बाल सुधारगृहका सहित देशका अन्य बालगृहका थप बालबिज्याइँकर्तालाई दोस्रो चरणमा स्थानान्तरण गर्न तयारी गरिरहेको छ । बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटक-पटक समस्या देखिएको छ । १८ वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवालाई समेत सुधारगृहमा राखिँदै आएको थियो । एउटै सुधारगृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुुरक्षामा चुनौती थपिएको, पटकपटक झडप हुँदा समस्या पर्दै आएको कारागार विभागका महानिर्देशक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह