बट्टार । नुवाकोट जिल्लाको प्रमुख व्यापारिक केन्द्र बट्टारमा पहिलोपटक अत्याधुनिक प्रविधि र सुविधायुक्त ‘सौन्दर्य ब्युटी एन्ड स्किन केयर’ शनिबारदेखि सञ्चालनमा आएको छ ।

बढ्दो आधुनिक जीवनशैली र सौन्दर्यप्रतिको सचेतनालाई मध्यनजर गर्दै आधुनिक डिजाइन र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सेन्टरमा रु.५० लाख लगानी रहेको सञ्चालक शोभा पोखरेल अधिकारीले बताउनुभयो ।

जिल्लावासीले अब छाला तथा सौन्दर्यसम्बन्धी गुणस्तरीय उपचार र सेवाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएकोसमेत उहाँले बताउनुभयो । विदुर-२, बट्टार हिमालयन बैंकसँगैको घरमा सञ्चालन भएको सौन्दर्य ब्युटी एन्ड स्किन केयर केवल सामान्य शृङ्गारमा मात्र सीमित छैन, छालाको गहिरो उपचारदेखि लिएर अत्याधुनिक मेसिनको प्रयोग गरी सौन्दर्य निखार्ने काम गरिने बताइएको छ ।


सौन्दर्यशास्त्रमा उच्च शिक्षा हासिल गरेकी सञ्चालक अधिकारीले बताएअनुसार डन्डिफोर, चाया, पोतो र डार्क सर्कलको स्थायी समाधानका साथै हाइड्रा फेसियल अत्याधुनिक मेसिनद्वारा छालालाई भित्रैदेखि सफा र चम्किलो बनाउने प्रविधि प्रयोग गरिन्छ । सेन्टरमा कपाल झर्ने समस्याको उपचार, हेयर केराटिन र स्मुदिङ, अनावश्यक रौँ हटाउने, छालाका दाग मेटाउने प्रविधिसमेत राखिएको छ ।


विवाह तथा विशेष उत्सवका लागि विशेष मेकअप र ग्रुमिङको सुविधा रहेको सेन्टरमा ग्राहकको गोपनीयता र आरामलाई ध्यानमा राखेर प्रत्येक सेवाका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको छ ।

‘हामीले नुवाकोटमै पहिलोपटक यस्तो प्रविधि भित्र्याएका हौँ, जहाँ मानिसले सुरक्षित र स्वच्छ वातावरणमा आफ्नो छालाको हेरचाह गर्न पाउनेछन्, हाम्रो लक्ष्य केवल व्यापार मात्र नभई गुणस्तरीय सेवामार्फत ग्राहकको आत्मविश्वास बढाउनु हो,’ सञ्चालक अधिकारीले बताउनुभयो । यहाँ प्रयोग गरिने सौन्दर्य प्रशाधन अन्तर्राष्ट्रिय ब्रान्डका र प्रमाणित मात्र रहेका छन् । दक्ष जनशक्ति र परामर्श सौन्दर्य ब्युटी एन्ड स्किन केयरमा तालिम प्राप्त र अनुभवी ब्युटिसियन तथा स्किन थेरापिस्टद्वारा सेवा प्रदान गरिन्छ । सेवा लिनुअघि ग्राहकको छालाको प्रकृति परीक्षण गरी सोहीअनुसारको उपचार पद्धति सिफारिस गरिनेसमेत बताइएको छ । सेन्टर सञ्चालनसँगै बट्टारबजार अब केवल व्यापारिक केन्द्र मात्र नभई, ‘सर्भिस हब’ को रूपमा पनि विकसित हुँदै गएको छ । मेकअप र हेयरमा २४ राष्ट्रबाट सर्टिफाइड हुनुभएकी सौन्दर्य विशेषज्ञ सोनिस्ता लामा चन्दले शनिबार उद्घाटन गर्नुभएको सेन्टरमा माघ महिनाभर विशेष छुटको व्यवस्थासमेत गरिएको छ ।






प्रतिक्रिया