विदुर । प्रजातन्त्र दिवसको अवसरमा नुवाकोट एथलेटिक्स क्लबको आयोजनामा प्रथम नुवाकोट हाफ म्याराथन २०८२ को तयारी भइरहेको छ । फागुन ७ गते हुने प्रतियोगितामा विभागीय सेवा, प्रहरीका धावकलाई सहभागी नगराइने आयोजक संस्थाका रमेश सुनुवारले जानकारी दिनुभयो ।
प्रतियोगिताको दर्ता शुल्क छात्रछात्राका लागि रु. तीन सय, भेट्रान्स/हाफ म्याराथनका लागि रु पाँच सय रहेको नाम दर्ता फागुन ३ गतेसम्म गरिसक्नुपर्ने आयोजक आशिष गौतमले बताउनुभयो । प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । हाफ म्याराथनमा पहिलो हुनेलाई रु.२१ हजार, दोस्रो हुनेलाई रु.१५ हजार, तेस्रो हुनेलाई रु.१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । ५० वर्षमाथिका भेट्रान्स/खुला महिला १० किलोमिटरका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु.१५ हजार, रु.१० हजार र रु.सात हजार, त्यसैगरी छात्रछात्रा पाँच किलोमिटरमा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई रु.पाँच हजार, रु.तीन हजार र रु.दुई हजार पुरस्कारको घोषणा गरिएको छ । दौड फागुन ७ गते नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट सुरु हुने बताइएको छ ।






प्रतिक्रिया