+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय हप्किडो प्रतियोगिता भोलीबाट

राष्ट्रिय हप्किडो प्रतियोगिता भोलीबाट
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

बेलकोट । नुवाकोट हप्किडो सङ्घको आयोजना र बेलकोटगढी नगरपालिकाको सहयोगमा ‘मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हप्किडो प्रतियोगिता २०८२’ शुक्रबारदेखि सुरू हुने भएको छ । प्रतियोगिता शनिबार समापन गर्ने कार्यक्रम रहेको छ ।

बेलकोटगढी नगरपालिका-४, सुकुमान मेमोरियल पोलिक्लिनिक प्राङ्गण नुवाकोटमा शुक्रबार बेलकोटगढी नगरपालिकाको मेयर जगतबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घले जानकारी दिएको छ । देशका विभिन्न हप्किडो डोजाङबाट भाग लिने उक्त प्रतियोगितामा विजेता समूहलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिसहित सम्मान गरिने बताइएको छ । कार्यक्रममा बृहत् साङ्गीतिक प्रस्तुतिका लागि लोकप्रिय सेलो गायक फूलकुमार बम्जन र कुशल कलाकार तथा लोकप्रिय उद्घोषक करण तामाङ आउनुहुने जानकारी आयोजकले दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह