+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चासे मावि स्वर्णोत्सव कार्यक्रम फागुन २ र ३

पञ्चासे मावि स्वर्णोत्सव कार्यक्रम फागुन २ र ३
त्रिशूली प्रवाह
८ महिना अगाडी

बेलकोटगढी । बेलकोटगढी नगरपालिका-४, डाँडाखर्कमा अवस्थित पञ्चासे माध्यमिक विद्यालयले स्थापना भएको ५०औँ वर्ष पूरा गरेसँगै फागुन २ र ३ गते दुईदिने भव्य स्वर्णोत्सव कार्यक्रम गर्न विद्यालय लागिपरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्लाकै पुरानो विद्यालयमध्येको पञ्चासे मावि विसं २०३२ मा स्थापना भएको हो । विद्यालयले फागुणमा ५० वर्ष पूरा भएसँगै बागमती प्रदेश सरकारको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘स्वर्णजयन्ती तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ को उद्घाटन गर्ने र उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुईदिने कार्यक्रमको समापन समारोहलाई बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी रहेको बताइएको छ । विद्यालयका विद्यार्थीमा विभिन्न प्रतियोगिता र अतिरिक्त कार्यक्रम आइतबारदेखि नै सञ्चालन हुनेछ । कार्यक्रममा काँठेगीत क्षेत्रका चर्चित गायिका प्रतिमा अर्याल, म्हेन्दोमाया साङ्गीतिक क्षेत्रका चर्चित गायिका फूलमाया तामाङ, लोक तथा दोहोरी एवम् लाइभ दोहोरी क्षेत्रका चर्चित गायक नवराज काप्री ‘भाले’, कलाकार तथा लोकप्रिय उद्घोषक करण तामाङ, मोडल तथा डान्सर सृष्टि तामाङ, गायिका सुभद्रा पौड्याल, गायक विक्रम गहतराज, बुद्ध सुवेदी, निश्चल भुजेललगायतको साङ्गीतिक प्रस्तुति रहने जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर लामाले दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह