+
Search

ताजा अपडेट +

पपुलर +

‘प १ नं.’ का विद्यार्थीकाे चित्रकला प्रतिस्पर्धा भाेली

‘प १ नं.’ का विद्यार्थीकाे चित्रकला प्रतिस्पर्धा भाेली
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । आर्टशाला नेपालको सहकार्यमा तामाङ प्लाजा एग्रो रिसोर्ट विदुर-४ बट्टार, नुवाकोटको आयोजनामा ‘बालबालिका तथा युवापुस्तामा निहित सिर्जनशीलता, कल्पनाशक्ति तथा कलात्मक प्रतिभाको विकास र प्रोत्साहनलाई सहयोग पुर्याउने’ उद्देश्यका साथ अन्तरजिल्लास्तरीय चित्रकला प्रतियोगिता फागुन २ गते हुन लागेको छ । प्रतियोगितामा रसुवा, नुवाकोट र धादिङको विद्यार्थीको सहभागिता रहने जानकारी दिएको छ ।

कक्षा १ देखि ५ र कक्षा ६ देखि १० को विद्यार्थीलाई छुट्टाछुट्टै विषय दिएर प्रतिस्पर्धा गराउन लागिएको तामाङ प्लाजा एग्रो रिसोर्टले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि १० सम्ममा विद्यार्थीले जलवायु परिवर्तन, संस्कृति तथा पर्यटन र आफ्नो जिल्लाको पहिचान झल्किने चित्र बनाउनुपर्ने हुन्छ । यस समूहमा सहभागी विद्यार्थीमध्ये प्रथमलाई रु.३० हजार, द्वितीयलाई रु.१५ हजार र तृतीयलाई रु.१० हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै, कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीले माता-पिता प्रेम र गुरुको आदर, वातावरण संरक्षण र आफ्नो विद्यालयलाई समेट्ने गरी चित्र बनाउनुपर्ने हुन्छ । यस समूहमा सहभागीमध्ये प्रथमले रु.१० हजार र तृतीयले रु.पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागीले आवश्यक सामग्री आफैंले व्यवस्था गर्नुपर्ने र आर्टपेपर आयोजकले उपलब्ध गराउनेछ । चित्रकला प्रतियोगितासँगै फेस पेन्टिङ, स्टोन आर्ट, लाइभ आर्ट, पोटरी प्रिन्ट मेकिङ, जम्पिङ क्यासल र म्यास्कटको गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह