+
Search

ताजा अपडेट +

पपुलर +

हत्या आरोपमा दुई पक्राउ

हत्या आरोपमा दुई पक्राउ
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव मलखाल्डोमा लुकाइएको अवस्थामा प्रहरीले भेट्टाएको छ ।

स्थानीय ४४ वर्षीय सन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा गत हप्ता बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुईजनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । तीनैजनाले गत बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदा तामाङको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेटिएपछि उनीहरूसँग सोधपुछ गर्दा शव लुकाएको स्थान देखाएको प्रहरीले जनाएको छ । शवको घटनास्थलको मुचुल्कापश्चात् परीक्षणका लागि त्रिशूली अस्पताल पठाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । पक्राउ परेका व्यक्तिलाई प्रहरी चौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद लिई कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह