धुन्चे । रसुवा जिल्ला, कालिका-२, लामाटोलमा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार यही माघ २० गते साँझ ७ः५० मा कालिका-१, राम्चेबाट कालिकास्थानतर्फ जाँदै गरेको बा.प्र.०२-०५० प ८३१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा.५ ख ६३३२ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएकी नौकुण्ड-२, यार्साकी अन्दाजी २१ वर्षीया योमाया तामाङको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियो ।
मोटरसाइकलमा सवार दुईमध्ये एकजना सकुशल रहेको कार्यालयका सूचना अधिकारी शाहले बताउनुभयो । ठक्कर दिएको टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ ।






प्रतिक्रिया