सवारी दुर्घटना बाजा बजाएर आउँदैन क्यारे ! त्यसै भएर जिल्ला जोड्ने छहरे-टोखा सडक सञ्चालन भएनि भिरपाखामा सार्वजनिक सवारीसाधन उत्तानो परेको जिल्लाका हाकिमसाबहरूले क्या गरून् त ? प्रहरी प्रशासनले १०-१० किलोमिटर दूरीमा ‘टाइम कार्ड’ को नियम बसालेनि आजभोलि क्यारे, अदृश्य शक्तिको चलखेलले हो कि, गुरुजीको अनुकूलतामा कार्डमा समय जनाउन थालेसि नियममा धोती नलाग्ने त कुरै भएन । यो कुरो भदौ २३ र २४ गते आन्दोलन गर्ने न्वाँकोटका जेन-जीले सुइँकोसम्म नपाउँदा उक्त सडकमा यात्रा गर्दा भगवान् भरोसा नै भन्नुपर्यो क्यारे ! विश्वकर्मा भौवान्लाई पुकार्दै जिल्लाका सरोकारवालालाई साक्षी राख्दै बनाएको नियम कार्यान्वयनमा अहिले चुनौती भएको बिचरा ट्राफिक पोलिसहरूले तीनआँखेलाई साउती गरेनि सरोकारवालाका कानमा कसले पु¥याइदिने क्यारे ? सबै पेसा, वर्ग, सङ्घसंस्थाले दलका घोषणापत्रमा आफूअनुकूल लेखाउने र प्रतिबद्धता जनाउन दबाबको लहर चलिरहेका वेला गुरुजीका संस्थाले पनि ‘टाइम कार्ड’ नहटाए भोट नदिने भनी दल र उम्मेदवारलाई प्रस्ताव राखे आश्चर्य नमान्दा हुन्छ क्यारे । सतीले सरापेको देसाँ भ्रष्टाचार अन्त्य र सुशासन कागजमै सीमित भएसि जनताको पीडा प्रहरी प्रशासक रेग्मीबन्धुले नै जानून् !






प्रतिक्रिया