+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट-पोखरा सम्पर्क समाजमा नेपाल

नुवाकोट-पोखरा सम्पर्क समाजमा नेपाल
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

पोखरा । नुवाकोटमा जन्मिएर पोखरालाई कार्यक्षेत्र बनाएकाहरूको सङ्गठन नुवाकोट–पोखरा सम्पर्क समाजको पुनर्गठन तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो कार्यक्रमले बेलकोटगढी नगरपालिका–७ का यमप्रसाद नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

पोखरा महानगरपालिका–११, काउडाँडामा सम्पन्न पुनर्गठन तथा वनभोज कार्यक्रममा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः देवराज ढकाल लिखु–१, नवीन श्रेष्ठ तारकेश्वर, नवराज पुडासैनी बेलकोटगढी–८, रामबहादुर तामाङ म्यागाङ–४ र राधा वली बेलकोटगढी–१० रहनुभएको छ भने सदस्यमा श्यामबहादुर नेपाली लिखु–८, शिशिर मिश्र पञ्चकन्या–२, रामेश्वर ढकाल लिखु–१, ढुण्डीराज वली बेलकोटगढी–१०, जमुना सापकोटा लिखु–८, जीवन लामा ककनी–४ र नारायणप्रसाद रिमाल तारकेश्वर–६ रहनुभएको छ । शम्भुप्रसाद मिश्र पञ्चकन्या–२, चिरञ्जीवी ढकाल लिखु–१ र रामबाबु चित्रकार विनपा–५ रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र पञ्चकन्या–२ ले संस्थापक अध्यक्ष चिरञ्जीवी ढकाललाई सम्मान गर्नुभएको थियो । वि.सं. २०६४ मा गठित संस्था निष्क्रिय भएपछि पुनर्गठन गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह