विदुर । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विदुर-५, देवीघाटमा रहेको जालपा क्लबलाई सहयोग प्रदान गरेको छ । स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोटस्थित जालपा मन्दिर परिसरमा आयोजित एक समारोहबिच संस्थाले क्लबलाई १६ थान डस्टबिन र एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले क्लबका अध्यक्ष नवीन चित्रकारलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत दाहालले मन्दिरवरपरको स्वच्छता कायम गर्नु समाजप्रतिको आस्था र उत्तरदायित्वको प्रतिविम्ब भएको बताउनुभयो ।

साथै, उहाँले देवीघाट जालपा क्लबले समाजका हरेक क्षेत्रमा सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै निरन्तर सकारात्मक तथा उदाहरणीय कार्य गर्न सफल होस् भनी शुभकामना व्यक्त गर्नुभयो । समारोहमा संस्थाका कर्मचारी, स्थानीय व्यक्तित्व, क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया