+
Search

ताजा अपडेट +

पपुलर +

३० मध्ये आठ उम्मेदवारको बैंक खाता सञ्चालन सिफारिस

३० मध्ये आठ उम्मेदवारको बैंक खाता सञ्चालन सिफारिस
त्रिशूली प्रवाह
४ महिना अगाडी

विदुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटबाट ३० मध्ये आठ उम्मेदवारले मात्र मंगलबारसम्म बैंक खाता सञ्चालन गर्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन् ।

Utsuk Books & Stationery

जिल्लाको क्षेत्र नं १ बाट १३ दल र पाँच स्वतन्त्र, क्षेत्र नं. २ बाट १२ दलका उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार बैंक खाता खोल्नका लागि नेपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका अच्युतम लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामा तामाङ, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले र स्वतन्त्र उम्मेदवार रामेश्वर भण्डारी, राजु थापा, माधव थापाले सिफारिस लिइसक्नुभएको छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा निर्वाचन कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवारले निर्वाचनसम्बन्धी गर्ने सम्पूर्ण खर्च विवरणका लागि अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गर्दै उम्मेदवारले छुट्टै बैंक खाता खोल्न आग्रह गरिएको निर्वाचन अधिकारी होमबहादुर थापा मगरले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह