+
Search

ताजा अपडेट +

पपुलर +

किताबमाथि कसले के लेखे……………….

किताबमाथि कसले के लेखे……………….
त्रिशूली प्रवाह
२ दिन अगाडी

नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार उद्योगी, पोल्ट्री व्यवसायी, नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष, युनाइटेड निमाविका अध्यक्ष, चित्रकार समाज नुवाकोटका अध्यक्ष भइसक्नुभएको छ । बेलकोटगढी-८ की चेली विष्णुकुमारी चित्रकारसँग वैवाहिक सम्बन्ध जोड्नुभएका चित्रकारका दुई छोरा र एक छोरी हुनुहुन्छ । जीवनको आरोह-अवरोह संगाल्दै देश-विदेशसमेत घुम्नुभएका चित्रकारको नुवाकोटको माटोलाई ऊर्जाशील र सुवासिलो बनाउन सक्ने अठोट र जाँगर समेटिएको बट्टारको बखान : नुवाकोटको नालीबेली भन्ने पुस्तक नुवाकोट महोत्सवको यही संस्करण (नवौँ) मा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लोकार्पण गर्नुभयो । जिल्ला वाणिज्य सङ्घका प्रतिनिधि रामशरण वस्तीद्वारा प्राप्त पुस्तक पठनीय रहेको छ । शरणउत्सुक सापकोटा प्रकाशक/सम्पादक रहेको ‘त्रिशूली प्रवाह साप्ताहिक’द्वारा प्रकाशित पुस्तकमा एकै कृतिमा धेरै सन्देश दिन खोजिएको कुरा भूमिकामा रामेश्वर उपाध्याय सरले लेख्नुभएको छ ।

त्यस्तै, यो पुस्तक पढेपछि सिर्जनशीलता र विकासका लागि नुवाकोटवासी र जो-कोही कर्मयोगीलाई अगाडि बढ्ने प्रेरणा मिल्छ भन्ने दोस्रो भूमिकामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका पूर्वअङ्ग्रेजी भाषाका उपप्राध्यापक रविभूषण सिंहको उद्घोष रहेको छ । केही गर्ने हुटहुटी जाग्ने मानव जातिलाई यो पुस्तक प्रेरणाको स्रोत हो भन्नुहुन्छ नुउवा सङ्घका संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य । खेलाडी सङ्गीना वैद्य पनि पुस्तक प्रेरणामूलक छ भन्नुहुन्छ । आफू जन्मेको मातृभूमिको मायास्वरूप यो पुस्तक खुसी भएर लेखेको चित्रकार बताउनुहुन्छ । प्रकाशक शरण उत्सुक धनदाइले सुनेको, देखेको र भोगेको अनुभव हो पुस्तक भन्नुहुन्छ । यसपालि कात्तिक २० गते परेको तीन बीस दश जन्मोत्सवका अवसरमा पुस्तक लेखिएको हो । खण्ड ‘अ’मा जीवनका विविध आयाम समेटिएका छन् भने खण्ड ‘अ’ मा लेखरचना (इतिहास, अर्थतन्त्र र स्वास्थ्य) समेटिएका छन् । चित्रकार भिनाजुलाई मेरोतर्फबाट ७० वर्ष प्रवेशको अवसर र सिर्जनाका लागि पनि हार्दिक बधाई टक्य्राउँछु । साथै उहाँको स्वास्थ्य र दीर्घजीवनको कामना पनि म गर्छु ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह