+
Search

ताजा अपडेट +

पपुलर +

किताबमाथि कसले के लेखे………………

किताबमाथि कसले के लेखे………………
त्रिशूली प्रवाह
८ महिना अगाडी

नुवाकोट जिल्ला विदुर नगरपालिका बट्टारनिवासी वरिष्ठ समाजसेवी धननारायण चित्रकारले लेख्नुभएको ‘बट्टारको बखान…’ इतिहास र विचारको सेरोफेरोमा रही प्रकाशन गरिएको पुस्तक पढ्न पाउँदा अत्यन्तै खुसी लाग्यो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

सो पुस्तक मेरा अग्रज गुरु नुवाकोट बगुवानिवासी शिवप्रसाद रिमालका साहिँला छोरा उमेरहदका कारण राष्ट्रिय समाचार समितिबाट भर्खरै नायब महाप्रबन्धकबाट सेवानिवृत्त श्याम रिमालज्यूले सम्पादन गर्नुभएको रहेछ । एउटा विद्वान्, नेपाली शब्दशैलीका ज्ञाताले सम्पादन गर्नुभएको पुस्तक मैले प्रकाशक ‘त्रिशूली प्रवाह साप्ताहिक’का प्रकाशक।सम्पादक शरण उत्सुक सरबाट निःशुल्क पाएँ । मैले सो पुस्तक पुराना इतिहासका कुरा जान्न भावी पुस्तालाई अत्यन्तै उपयोगी पाएँ । एक सय ४८ पृष्ठ लामो नुवाकोटको सेरोफेरो समेटिएको पुस्तकमा जीवनका उकाली चढ्दाका दुःखका क्षण, ‘नजाऊ नेपाल छाडेर, देउराली डाँडाले बोलाउँछ’ भन्ने गीतजस्तै विदेश जाँदाको कष्ट, ऐतिहासिक केरुङमार्गको चिनारी र प्रयास, वि.सं. २०७२ को विनाशकारी भूकम्पको असर, खम्पा क्याम्प सञ्चालन व्यवस्थापन, व्यापारिक कुराको स्मरण, चित्रकारको परिभाषा, नेपाल एकीकरण अभियान, नुवाकोटबाट सदरमुकाम विदुर सार्दाको क्षण, बट्टार सिँचाइ आयोजना, नुवाकोटका अधिकांश इतिहासका विविध विषयवस्तु समेटिएको पाइयो । यो पुस्तकबाट इतिहासका कुरा बुझ्दै सामाजिक रूपान्तरण गर्न अवश्य सहज हुनेछ । धन्यवाद धननारायण सर, तपाईंको यस पुस्तकले भावी पुस्तालाई अगाडि बढ्न सहज हुनेछ भन्ने विश्वास लिएको छु । नीलाद्रि पर्वतमा विराजमान गोसाइँकुण्डका शिवजीले हजुरलगायत परिवारका सबैमा कल्याण गरून् भन्ने कामना पनि म गर्छु ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह