+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानसेनापति प्रशंसा निशानबाट नुवाकोटका रिजाल सम्मानित

प्रधानसेनापति प्रशंसा निशानबाट नुवाकोटका रिजाल सम्मानित
त्रिशूली प्रवाह
४ महिना अगाडी

विदुर । महाशिवरात्रि तथा सैन्य दिवस २०८२ को अवसरमा आइतबार विदुर-२ नुवाकोटका युवा समाजसेवी एवम् बुद्धिजीवी माधव रिजालसहित २७ जनालाई नेपाली सेनाले प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति कदरपत्रद्वारा सम्मान गरेको छ ।

Utsuk Books & Stationery

२६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानसेनापति निशान प्रदान गर्नुभएको हो । सम्मानित हुनेमा दिवसको अवसरमा गैरसैनिक महानुभाव तथा विभिन्न सङ्घ-संस्था रहेका छन् । सेनाप्रति सकारात्मक सोच राख्दै नेपाली सेनाको भूमिका तथा योगदानबारे स्थानीयलाई सु-सूचित गर्नुका साथै ऐतिहासिक महत्त्वको नुवाकोट दरबार तथा बेत्रावती क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि अवधारणापत्र तयार गर्ने कार्यमा पु¥याउनुभएको योगदानको कदर गर्दै बुद्धिजीवी तथा समाजसेवी रिजाल प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति कदरपत्रबाट सम्मानित हुनुभएको छ । विसं २०७४ फागुन १ गते सेना दिवसको अवसरमा तत्कालीन महारथी प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट ‘त्रिशूली प्रवाह’ साप्ताहिकका सम्पादक/प्रकाशक एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति कदरपत्रद्वारा सम्मानित भइसक्नुभएको छ । नेपाली सेना र नुवाकोट जिल्लाका स्थानीय जनताबिच ‘सैनिक–नागरिक सम्बन्ध’ सुमधुर एवम् प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको, नुवाकोट–रसुवा–धादिङको सेनाको गतिविधि, जिम्मेवारी क्षेत्रभित्र सञ्चालन भएका विभिन्न कार्यक्रम तथा विपत् व्यवस्थापनका कार्यहरूलाई समाचार र फिचर सामग्रीमार्फत प्रभावकारी ढङ्गले जनतामाझ पु¥याउने कार्यमा सहयोग गर्नुका साथै विदुर–२ बट्टार दिवाकर डाँडा इलाकामा रहेको कित्ता नं ५६२ को ७६–४–२–० क्षेत्रफलको जग्गा नेपाली सेनाको नाममा गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उहाँलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह