+
Search

ताजा अपडेट +

पपुलर +

शिवरात्रिका अवसरमा दुप्चेश्वरमा सेनाको सहायता कक्ष

शिवरात्रिका अवसरमा दुप्चेश्वरमा सेनाको सहायता कक्ष
त्रिशूली प्रवाह
६ महिना अगाडी

समुन्द्रटार । नुवाकोट जिल्लाको सुरक्षार्थ नेपाली सेना शेर गणले महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा आइतबार जिल्लाको दुप्चेश्वर-६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा स्थानीय बासिन्दाको सहयोगका लागि सञ्चालन गरेको सहायता कक्षबाट एक सय ३१ भक्तजनले सेवा लिएका छन् ।

Utsuk Books & Stationery

सहायता कक्षमा महिला ५४ र पुरुष ७७ गरी जम्मा एक सय ३१ जना भक्तजन तथा स्थानीयबासिन्दाले सेवा लिएको शेर गणका गणपति प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष शम्भुप्रसाद रेग्मी, गणपति प्रमुख सेनानी ढुङ्गाना, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीलगायतले सहायता कक्षको स्थलगत अवलोकन गर्नुभएको थियो ।

सहायता कक्ष सञ्चालनका लागि शेर गणबाट मेडिकल टिमसहित सेनानी समीरमान गुरुङको कमान्डमा ३० जनाको टोली खटिएको थियो । करिब ६ हजार भक्तजनको उपस्थिति रहेको उक्त मेलामा सहायता कक्ष सञ्चालन गरी स्वास्थ्य सेवा तथा परामर्श सेवा प्रदान गर्दा सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक प्रभाव, नागरिक सैनिक सम्बन्ध सुदृढीकरण गर्न थप मद्दत साथै वर्तमान परिस्थितिमा जिल्लाको ग्रामीण भेगमा नेपाली सेनाको उपस्थितिले स्थानीयले शान्ति सुरक्षाको प्रत्याभूतिसमेत गरेको दुप्चेश्वर-६ का वडाध्यक्ष किशोर आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह