+
Search

ताजा अपडेट +

पपुलर +

जेन-जी आन्दोलनमा कारागारबाट भागेका पक्राउ

जेन-जी आन्दोलनमा कारागारबाट भागेका पक्राउ
त्रिशूली प्रवाह
७ महिना अगाडी

काठमाडौँ । गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेका सात कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तिनलाई पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

भदौ २३ गते काठमाडौँसहित देशभरि जेन–जी आन्दोलन भएको थियो । भदौ २४ गते देशका विभिन्न कारागारमा पनि तोडफोड र आगजनी भएको थियो । यस क्रममा कैयौँ कैदीबन्दी कारागारबाट भागेका थिए । त्यसमध्ये सातजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा जिल्ला, उत्तरगया–१ का ४१ वर्षीय तेन्जिङबहादुर तामाङसहित अन्य ६ जना छन् । रसुवाका तेन्जिङ डाँका र चोरी, लमजुङ, दुधपोखरी–४ का २० वर्षीय प्रितम गुरुङ चोरी, कञ्चनपुर पुनर्वासकी २३ वर्षीया बबिता तामाङ मानव बेचबिखन तथा ओसारपसार, काभ्रेपलाञ्चोक, ठाँटी चापपोखरीका २२ वर्षीय विक्रम नेपाली नकबजनी चोरी, दोलखा, मेलुङ–२ का २७ वर्षीय भुवन तामाङ लागुऔषध, सिन्धुली, फिक्कल–३ का २० वर्षीय अनिस मगर ज्यान मार्ने उद्योग र भारत घर भएका २६ वर्षीय रोशन साह लागुऔषध मुद्दाका कसुरमा कैद भुक्तान गरिरहेका हुन् ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह