+
Search

ताजा अपडेट +

पपुलर +

केन्द्रीय कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई

केन्द्रीय कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई
त्रिशूली प्रवाह
२ दिन अगाडी

विदुर । निर्वाचन नजिकिँदै जाँदा नुवाकोट जिल्ला, विदुर–६ स्थित खम्पाक्याम्पमा रहेको केन्द्रीय कारागारको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । गत माघ २१ गतेदेखि कारागार सुरक्षाका लागि सेना खटाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

निर्वाचन सुरक्षालाई हेरेर मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीतिअनुसार जिम्मा दिइएको हो । चुनाव अवधिसम्म कारागारमा अधिकृतको नेतृत्वमा आवश्यकताअनुसार सेना सुरक्षामा खटिरहेको नुवाकोटस्थित शेर गणका गणपति एवम् प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो । निर्वाचन नजिकिँदै जाँदा सरकारले कारागारलाई संवेदनशील क्षेत्र मानेको छ । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा देशभरका कारागारका कैदीबन्दी आगजनी र प्रदर्शनमा उत्रँदा समस्या आएको थियो । छिमेकी जिल्ला रसुवा र धादिङमा जेन–जी आन्दोलनको क्रममा बन्दी कारागार तोडफोड गरी भागेका थिए । नुवाकोटमा भने सुरक्षा सतर्कता अपनाइएकोले उक्त घटना हुन नपाएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले बताउनुभयो । सुरक्षालाई ध्यान दिएर सरकारले नुवाकोटसहित देशभरका कारागार सुरक्षामा नेपाली सेना तैनाथ गरिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह