+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
७ महिना अगाडी

राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन भन्छन् । सबै नीतिको मूल नीति राजनीति अस्थिर हुँदा जता बेल पाक्यो उतै चरी नाच्नेको सङ्ख्या नेपालमा कुकुरले बुत्याइनसक्नु छ हेरी । निर्वाचनको महाकुम्भ मेलामा यताउता गर्नेको महत्त्व फागुन २१ गते भोट नहाल्नुजेल त हो हेरी ! नीति, विचार र सिद्धान्त कुन चराको नाम हो थाहा नपाउनेहरू निर्वाचनको माहोल तात्या बेला ऊ पार्टी र त्यो पार्टी चहार्दै अबिर, टीका थाप्दै, माला र खादा लगाउँदै हिँड्नेको भिड न्वाँकोटतिर पनि छ हेरी । कतै पार्टी प्रवेशको लहर, कतै पार्टी छाड्नेको लहर हेर्दा तेस्रो आँखालाई पनि जाऊँ-जाऊँ लागिरा’ छ हेरी । पूर्वदेखि वर्तमान वडाध्यक्ष र जनवर्गीय सङ्गठनका नेताको प्रवेशको लर्को देख्दा चुनाउ बर्सेनि आइरहे हुन्थ्यो जस्तो नि लाग्ने । देवीघाटतिरका एक वृद्धबालक नेता विगतमा दुईपटक घामपाटीबाट वडा प्रमुख जिती गणतन्त्रपछि थन्किएर बालाजुतिर स्थायी बसोबास गरेनि बेलाबेला न्वाँकोटको नेता बन्न कलम हुँदै तारा पार्टीमा प्रवेश गरी भुुरा नेताको हातको टीका ग्रहण गरी चुनाउमा हिँडेको देख्दाचाहिँ………लाई भन्दा देख्नेलाई लाज जस्तो लाग्ने हेरी ! उता रस्वाँमा संविधानसभाका पूर्वसदस्यले नै पार्टी फेरेनि न्वाँकोटतिर भने वडाभन्दा मास्तिरका नेताले यताउता नगरेकालाई भने मान्नैपर्छ हेरी !

Utsuk Books & Stationery
Satkar Machinery Center

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह