+
Search

ताजा अपडेट +

पपुलर +

युवा सङ्घ पुनर्गठित

युवा सङ्घ पुनर्गठित
त्रिशूली प्रवाह
७ महिना अगाडी

धुन्चे । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी रसुवाको आठौँ अधिवेशनले अध्यक्षमा सुरेश थोक्रालाई निर्वाचित गरेको छ । कमिटीका उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा सौरभ घिमिरे, सहसचिवमा निमासाङ्बो तामाङ र बुद्धिमान तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा तथा युथ फोर्स विभाग प्रमुखमा हर्क तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नवगठित कमिटीले सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र युवाको राजनीतिक, सामाजिक तथा रचनात्मक परिचालनलाई प्राथमिकता दिएर अगाडि बढ्ने निर्णय गरेको छ । अधिवेशनको उद्घाटन सत्र साताैँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमार नगरकोटीको अध्यक्षतामा केन्द्रीय सदस्य एवम् बागमती प्रदेश कमिटीका सहइन्चार्ज सिर्जना लामाको प्रमुख आतिथ्य भएको थियो जहाँ एमाले रसुवा जिल्ला कमिटी कार्यवाहक अध्यक्ष कैसाङनुर्पु तामाङ, जिल्ला कमिटी सचिव पेम्बा लामा, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुरज गुरुङको पनि उपस्थिति थियो ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह