धुन्चे । नौकुण्ड गाउँपालिकामा दुग्ध सङ्कलन सुरू भएको छ । रसुवा जिल्लास्थित गाउँपालिकाले सङ्कलन केन्द्र खोलेपछि पहिलोपटक दुध सङ्कलन सुरू भएको हो ।
विपन्न बस्तीका गरिब किसानले आम्दानीका लागि दुध उत्पादन तथा बिक्री गर्न दुग्ध विकास संस्थानसँग समन्वय गरेर गाउँमा सङ्कलन केन्द्र खोलेको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । यसअघि दुध सङ्कलन केन्द्र नजिक नहुँदा घरघरमै खपत हुने गरी मात्र उत्पादन हुने गरेकामा अब किसान व्यावसायिक रूपमा पशुपालन गरी दुध उत्पादन बढाउन उत्साहका साथ होमिएका छन् ।






प्रतिक्रिया