+
Search

ताजा अपडेट +

पपुलर +

मतदान अधिकृत र सहायक अधिकृतको अभिमुखीकरण

मतदान अधिकृत र सहायक अधिकृतको अभिमुखीकरण
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ र २ क्षेत्रका मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतमा नियुक्ति भएकालाई जिल्ला निर्वाचन कार्यालय नुवाकोटले अभिमुखीकरण सुरू गरेको छ । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित सोमबार मतदानस्थल र मतदान केन्द्रमा पुग्ने छन् ।

कार्यालयले आइतबार विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत, फागुन १२ गते बेलकोटगढी नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिनुभएको मतदान अधिकृत तथा सहायक मतदान अधिकृत साथै, क्षेत्र नम्बर २ बाट जगेडामा रहेका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गरेको छ । त्यसैगरी, फागुन १३ गते ककनी, दुप्चेश्वर, लिखु र सूर्यगढी गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र फागुन १४ गते तादी, पञ्चकन्या, लिखु र सूर्यगढी गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका साथै क्षेत्र नम्बर १ बाट जगेडामा रनुभएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापा मगरले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह