+
Search

ताजा अपडेट +

पपुलर +

एमाले रसुवाको प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रसुवाको प्रतिबद्धतापत्र सार्वजनिक
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

बेत्रावती । ‘हाम्रो सङ्कल्प समृद्ध रसुवा सुखी रसुवाली’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शनिबार उत्तरगयाधाम बेत्रावतीमा भएको कार्यक्रममा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शिक्षामा लगानी : सक्षम र सभ्य समाज निर्माण, स्वास्थ्य :  पहिलो धन, कृषि तथा पशुपालन : उत्पादन र स्वरोजगारी प्रवद्र्धन, खेलकुद : युवा सहभागिता, भूमि सुधार : बिर्ता र गुठी समस्या समाधान भूमिहीनलाई जग्गा, पूर्वाधार विकास : सहज जीवनयापन, पर्यटन प्रवद्र्धन : रोजगारी र आर्थिक समृद्धिलाई समेटेको प्रतिबद्धतापत्र उत्तरगया–५ को ऐतिहासिक एवम् धार्मिक स्थल उत्तरगयाधाममा कार्यक्रम गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । कार्यक्रममा एमालेका तर्फबाट रसुवामा उम्मेदवार बनेका प्रेम तामाङलगायत एक दर्जन जिल्ला र प्रदेश कमिटीका नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह