विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा रहेको लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सव तथा होली पर्व स्थानीय बासिन्दाको सहभागितामा नाचगानसहित सम्पन्न भएको छ ।
विधिवत् पूजाआजा गरी मन्दिरको मूर्तिलाई रथ (खट) मा राखी पन्चेबाजासहित स्थानीय क्षेत्र परिक्रमा गराइएको थियो । रथ (खट) परिक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवराज पाण्डे, जगदीश्वरनरसिंह केसी, निवर्तमान प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, विदुर-२ का वडाध्यक्ष दीपक कायस्थ, विदुर-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेललगायत सहभागी हुनुभएको मन्दिर संरक्षण समितिका अध्यक्ष मनोरथ श्रेष्ठले जानकारी दिनुभयो । होली पर्वको रौनकसँगै मन्दिरको वार्षिकोत्सवले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मन्दिरपरिसर रङ, सङ्गीत र संस्कृतिको संगमस्थल बनेको थियो । विभिन्न सांस्कृतिक प्रस्तुति, विभिन्न बाजागाजा र स्थानीयको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।






प्रतिक्रिया