पिपलटार । विदुर-५ नुवाकोटका रामहरि घिमिरेले स्वर्गीय हजुरबुबा देवीप्रसाद घिमिरेको सम्झनामा सोही वडामा रहेको चन्द्रज्योति माविमा रु.एक लाख एक सय एघारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

गत हप्ता सम्पन्न विद्यालयको ६५औँ वार्षिकोत्सवको कार्यक्रममा उहाँले सो रकमबराबरको चेक विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र सोही वडाका अध्यक्ष लीलानाथ न्यौपानेको रोहवरमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डङ्गोल र प्रधानाध्यापक वासुदेव पनेरूले उक्त रकमको ब्याजबाट हरेक वर्ष जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।






प्रतिक्रिया