+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाका सबै उम्मेदवारको बैंक खाता

रसुवाका सबै उम्मेदवारको बैंक खाता
त्रिशूली प्रवाह
७ महिना अगाडी

धुन्चे । एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत देखाउनपर्ने भएपछि रसुवाका नौ राजनीतिक दलका उम्मेदवार र तीनजना स्वतन्त्र उम्मेदवारले बैंक खाता खोल्नका लागि सिफारिस लिएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्ला निर्वाचन कार्यालय रसुवाका सूचना अधिकारी महेश आचार्यका अनुसार निर्वाचनमा उम्मेदवार बनेका १२ जनाले बैंक खाता सञ्चालनमा ल्याएका छन् । निर्वाचनको प्रतिस्पर्धामा रहेका काङ्ग्रेसका मोहन आचार्य, एमालेका प्रेमबहादुर तामाङ, नेकपाका माधवप्रसाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, नेकपा (माओवादी) का होमप्रसाद आचार्य, उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दावासाङ्बो तामाङ र स्वतन्त्र उम्मेदवारी दर्ता गरेका दावामिङ्मार तामाङ, सागर लामा र चित्रकुमारी देवकोटाले बैंक खाता खोलेका छन् । २५ हजारभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको छ । आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन खर्च सञ्चालन गर्न बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनका लागि छुट्टै पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएका सबै रकम र गरिएको खर्चको बिल भर्पाई सुरक्षित राख्नुपर्नेछ ।

Suzuki New Bike & Scooter

निर्वाचन आयोगले बैंक खाता सञ्चालनसम्बन्धी कार्यविधिसमेत लागू गरी कार्यविधिअनुसार प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन प्रमुख तोकिएको छ र निर्वाचनलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले यस्तो व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाका प्रमुख राजन रायले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन, २०८२ का लागि रसुवाका उम्मेदवारले खर्च गर्न पाउने रकम रु.२७ लाख रहेको छ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यसपटक चुनावी खर्च प्रायोजनका लागि उम्मेदवार वा आधिकारिक प्रतिनिधिको बैंक खाता अनिवार्य गरेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह