+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा गोसाईँद्वार धामको निर्माण हुँदै

रसुवामा गोसाईँद्वार धामको निर्माण हुँदै
त्रिशूली प्रवाह
७ महिना अगाडी

धुन्चे । गोसाइँकुण्डबाट प्रवाह भएको जललाई उपयोग गराई नयाँ धार्मिक स्थलको रूपमा विकसित गर्ने अभिप्रायले धुन्चे इलाका क्षेत्रमा गोसाइँकुण्डद्वार धाम निर्माण अघि बढेको छ । धामको रूपमा विकसित गरी शिव भगवान्प्रति आस्था राख्ने सम्पूर्ण धर्मावलम्बीलाई धार्मिक कार्य सहज पार्न रसुवाको सदरमुकाम धुन्चेबाट डेढ घण्टा दूरी पूर्व त्रिशूली नदीछेउमा एक सय आठ धारासहितको गोसाईँद्वार धाम निर्माण कार्य सुरु भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

एक महिनाअगाडि सुरु भएको निर्माण कार्यअन्तर्गत करिब-करिब जमिन सम्याउने काम सम्पन्न हुन लागेको छ । पहिलो चरणअन्तर्गत रु.डेढ करोडको लागतमा आगामी जेठ मसान्तसम्म धारा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ धुन्चे युवा समाजद्वारा काम अगाडि बढाइएको समन्वयकर्ता सन्तोष घलेले बताउनुभयो । दाताद्वारा सङ्कलन हुने दान, दक्षिणा र स्थानीय बासिन्दाको जनश्रमदानसमेत सबैको सहयोगबाट पहिलो चरणमा धारा निर्माण गर्ने र दोस्रो चरणअन्तर्गत धार्मिक ग्रन्थका आधारमा अन्य संरचना बनाउँदै लगिनेसमेत समन्वयकर्ता घलेले बताउनुभयो । निर्माण कार्यलाई सहज पार्न पाँचवटा उपसमिति बनाइएको छ । उपसमितिले निर्माणको तौरतरिका मिलाउने, आर्थिक सङ्कलन गर्ने, संरचनाको निर्माण कार्य द्रुत रूपमा अगाडि बढाउने बताइएको छ ।

Suzuki New Bike & Scooter

निर्माण हुने एक सय आठ धारा तयार हुन लागेको थलो शिव भगवान् नीलाद्री पर्वत उक्लिनुपूर्व जलको उत्पत्ति गराई तिर्खाको प्यास मेट्नुभएको र सो जलले तागत फर्केपछि केहीबेरको विश्रामपश्चात् पुनः उकालो चढ्नुभएको नुवाकोट गेर्खु डाँडागाउँका पुरोहित शिवराम उपनामले परिचित होमनाथ घिमिरेले जानकारी दिनुभयो । त्रिशूल धाराबाट निरन्तर प्रवाह भइरहने पवित्र जल ढुङ्गेधाराबाट निरन्तर खसाली हिन्दु तथा बौद्ध धर्मावलम्बी र अन्य शिवमार्गीलाई स्नान तथा पूजा-आराधना गर्न सहज हुने बताइएको छ । सो स्थान क्षेत्रमा शिवमन्दिर भने यसभन्दा अगाडि नै निर्माण भइसकेको छ ।

देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्केको हलाहल नामक कडा विष पानका कारण भौँतारिँदै शान्तार्थ र शिखरको ठाउँ खोज्दै हिँड्दा त्यस स्थानमा भगवान् शिवले जल उत्पत्ति गराई पानीको प्यास मेटेपछि तागत फर्केको धार्मिक मान्यता रहिआएको छ । एक सय आठ धारा निर्माण अभियानअन्तर्गत आर्थिक उपसमितिले यथेष्ट मात्रामा आर्थिक सहयोग प्राप्त गर्ने आशावादी रहेकोसमेत गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह