+
Search

ताजा अपडेट +

पपुलर +

सदरमुकाम धुन्चेमा कफी सप

सदरमुकाम धुन्चेमा कफी सप
त्रिशूली प्रवाह
७ महिना अगाडी

धुन्चे । कफी पारखीले अब रसुवा जिल्ला सदरमुकाम धुन्चेमा आधुनिक यन्त्रबाट प्रशोधित कफीको स्वाद लिन पाउने भएका छन् । गोसाइँकुण्ड-५, सानोभार्खुका निमा ब्लोनले सदरमुकाम धुन्चेमा आधुनिक मेसिनबाट प्रशोधित कफी सप खोलेपछि यसका पारखीलाई सुविधा पुगेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

मध्यम वर्गीय परिवारका ब्लोनले आइपिएस पास गरेर कोरिया पुगे, आफ्नो सुन्दर भविष्यका लागि कोरियामा करिब साढे आठ वर्ष बसे र नेपाल आई कमाएको पैसाले घर किनेर पुख्र्यौली घरलाई थप सुन्दर बनाएर घर–परिवारसँग बसेर केही गरौँ भन्ने हुटहुटीले कफी सप खोलेको बताउँछन् । कफी पसलमा उहाँलाई दिदी र दाइले पनि सहयोग गरिरहेका छन् । सबैले विदेश गएर उतै बस्नु नि किन झन्झट गरेको भनेर सुनाइरहँदा उहाँ भन्नुहुन्छ, ‘मानिसले जसरी बुझ्दछन् बुझून् म भने केही गर्छु भन्ने आँटले गर्दा यो काम थालनी गरेको हो, जुन कामलाई मैले आशा र भरोसा लिएर अगाडि बढे, ढिलै भए पनि सफलता मिल्नेछ ।’ आधुनिक मेसिनबाट प्रशोधित कफी आफ्नै आँगनमा स्वाद लिएर सुपथ मूल्यमा पाएपछि सबैले मज्जा लिइरहेको नेपाल चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो ।

Suzuki New Bike & Scooter

दैनिक सय कपभन्दा बढी कफी बिक्री भइरहेको बताउने ब्लोन ग्राहकको माग र आवश्यकताअनुसार अरू सुविधा थप गर्दै लैजाने सोचमा रहेको बताउनुहुन्छ । प्रारम्भिक शिक्षा गाउँकै स्कुल र माध्यमिक तहको पढाइ सदरमुकाम धुन्चेको रसुवा माविबाट पूरा गरी ११ र १२ कक्षा काठमाडौँमा अध्ययन पूरा गरी कोरिया गएका ब्लोन आमा पासाङबुटी ब्लोन र बुबा टासीछिरिङ तामाङका कान्छा छोरा हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह