+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

पर्जातन्त्र र गाँडतन्त्र ल्याउन मरिहत्ते गरेका त्यसपछि मोजमस्तीमै लामो समय खर्चेका कांग्रेस, एमाले, नेकपाका नेता साढे तिन दशकपछि गल्र्यामगुर्लुम हुँदा कठैबरा भनिदिने पनि कोही भइदिएनन् गाँठे ! जनतालाई सास्ती दिएर बिचौलिया, व्यापारी र परिवारकै वरिपरि राज्यको स्रोत र साधन उपयोग गराएका नेताको हविगत ६ दर्जन ५ जिल्लाका डेढ सय पन्ध्र क्षेत्रमै रूझेको बिरालोजस्तो हुँदा राम राम मात्र भन्न सकिने भो, काँधै थापिदिन त को पो अघि सरोस् ! यिनैका पालामा भएका दर्जनौंँ काण्ड, मिचिएका विधि र पद्धतिलाई सर्वसाधारण मतदाताले उल्टो लोप्पा नै ख्वाइदिए गाँठे ! न्वाँकोटाँ महत र केसीको विरासत त जोगिन सकेन सकेन, कामरेटहरूको नि राम्रै हरिबिजोग देखेर विज्ञान गुलाफे कमरेटले राजनीति र समाजसेवा नै छाड्ने निर्णय पो गरेछन्, च्वः च्वः । विगतमा सदरमुकामतिर भोट गन्दा चिया र चिसो चिया पसल चलेको देख्ने यो तिनआँखेले घन्टीले भाग छोप्न थालेसि रूख, सूर्जे र ताराका कार्जेकर्ता दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्था पो आइलाग्यो गाँठे ! पुराना दलले अग्रता लिएको र जितेको भए ¥याली, सभा, बाजागाजा, होटल र खसी त कति ढालेर सोमरसका बोतल रित्तिँदा बजारको अर्थतन्त्र नै चलायमान हुन्थ्यो नि । यसपालि त के गर्नु, सम्झने, पानी छम्कने । जिल्लाबासीले चुनाउ जितेर अबिर जात्रा गरेको कतै नि हेर्न नपाउँदा आँखा धमिलो, मन अमिलो मात्र पो भो गाँठे ! धरौटी जफत भएका एक दर्जन उम्मेदवारबारे भने यताहुँदी राम्रै चर्चा पो चल्या’ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह