+
Search

ताजा अपडेट +

पपुलर +

मालपोतको राजश्व र सेवा प्रवाहमा प्रगति

मालपोतको राजश्व र सेवा प्रवाहमा प्रगति
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । चालु आर्थिक वर्षमा रसुवा जिल्लामा मालपोतको राजश्व सङ्कलन तथा सेवा प्रवाहमा उत्साहजनक प्रगति देखिएको छ । सेवा प्रवाहको सबै कामलाई सहज बनाउँदै सम्पादित कामबाट राजश्व सङ्कलनमा उल्लेख्य सुधार ल्याएको हो ।

कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म बैंक तथा बित्तीय संस्थाबाट प्रवाह हुने ऋणका लागि एक सय ८६ वटा दृष्टिबन्धक लिखत पारित भएका छन्। ऋण प्राप्तिका लागि दृष्टिबन्धक लिनेदिने पक्षको मन्जुरीबमोजिम नियमानुसार लिखत पारित गरिएको कार्यालयले जनाएको छ । गत वर्ष यस अवधिमा तीन सय ८९ दृष्टिबन्धक पारित भएको सूचना अधिकारी सन्तोष शाहले जानकारी दिनुभयो । यस्तै, चालु आवको सात महिनाको अवधिमा दुई सय ४९ जग्गाको स्वामित्व अदल बदलका लिखत राजिनामा पारित हुनाका साथै ४० नामसारी भएको समेत सूचना अधिकारी शाहले बताउनुभयो ।

कार्यालयको सम्पादित कामबाट नियमानुसार लाभकर समेत रू.६६ लाख २१ हजार नौ सय ९० राजश्व सङ्कलन भई नेपाल सरकारको राजश्व खातामा दाखिला भइसकेको जनाइएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले प्रक्रियालाई सहज र व्यवस्थित बनाइएको दावी कार्यालय प्रमुख श्रेष्ठले गर्नुभएको छ । सेवा सहज र व्यवस्थित भएकोले राजश्व सङ्कलनमा समेत वृद्वि भएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह