विदुर । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रत्यक्षमा भन्दा समानुपातिकतर्फ मत बढी प्राप्त भएको छ ।
समानुपातिकतर्फको अन्तिम मत परिणामअनुसार रास्वपाको क्षेत्र नं १ मा प्रत्यक्षतर्फभन्दा समानुपातिकमा दुई हजार एक सय ५२ बढी मत प्राप्त गरेको छ । यो क्षेत्रबाट प्रत्यक्षमा रास्वपाको उम्मेदवार डा.बिक्रम तिमिल्सिनाले २२ हजार छ सय नौ मत प्राप्त गरेर प्रत्यक्षतर्फ विजयी हुँदा समानुपातिकतर्फ सो पार्टीलाई २४ हजार सात सय ६१ मत प्राप्त भएको छ । यो क्षेत्रबाट नेपाली काङ्ग्रेसलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा दुई हजार नौ सय ९२ मत कम आएको छ । काङ्ग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतले १८ हजार पाँच सय ९७ मत प्राप्त गर्दा सो पार्टीलाई समानुपातिकमा १५ हजार छ सय पाँच मत प्राप्त भएको छ । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार हितबहादुर तामाङले १३ हजार तीन सय ७७ मत पाउँदा समानुपातिकमा पार्टीले १० हजार छ सय ८१ प्राप्त गरेको छ । यस क्षेत्र चौथों स्थान रहेको नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले प्रत्यक्षमा आठ हजार नौ सय ३२ प्राप्त गर्दा समानुपातिकमा पार्टीलाई सात हजार सात सय ६१ मत प्राप्त भएको छ । राप्रपाका प्रत्यक्षतर्फका उम्मेदवार बिमल थापाले सात सय ५६ मत पाउँदा समानुपातिकमा पार्टीलाई एक हजार सात सय ४१ मत प्राप्त भएको छ । यो क्षेत्रबाट राष्ट्रिय परिवर्तन पार्टीले पाँच हजार पाँच सय सात मत पाएको छ । यो क्षेत्रमा राष्ट्रिय परिवर्तन पार्टी समानुपातिकतर्फ मत ल्याउने पाँचौं स्थानमा परेको छ । प्रत्यक्षमा उम्मेदवार नभएको यो पार्टीको निर्वाचन चिन्ह बाँसुरी रहेको छ ।
जिल्लाको क्षेत्र नं २ मा पनि रास्वपाले प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ छ सय ३२ बढी मत प्राप्त गरेको छ । यो क्षेत्रमा रास्वपाका उम्मेदवार डा.अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरी विजयी हुँदा समानुपातिकमा पार्टीलाई ३२ हजार छ सय ८६ मत प्राप्त भएको छ । नेपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसीले प्रत्यक्षमा १५ हजार पाँच सय तीन मत प्राप्त गरी दोस्रो हुँदा समानुपातिकमा पार्टीलाई १४ हजार पाँच सय ७७ मत प्राप्त भएको छ । यस क्षेत्रमा काङ्ग्रेसले प्रत्यक्ष भन्दा समानुपातिकमा नौ सय २६ मत कम पाएको छ । तेस्रो भएको नेकपा (एमाले) का केशवराज पाण्डेले प्रत्यक्षमा आठ हजार दुई सय ८५ मत प्राप्त गर्दा समानुपातिकमा पार्टीलाई सात हजार आठ सय ८५ मत प्राप्त भएको छ । यस क्षेत्रमा एमालेलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा चार सय मत कम प्राप्त भएको छ । त्यसैगरी, यस क्षेत्रबाट चौथों भएको नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार हिरानाथ खतिवडाले छ हजार सात सय २० मत प्राप्त गर्दा समानुपातिकमा सात सय ७७ मत कम पाएको छ । राप्रपाले पनि यो क्षेत्रमा प्रत्यक्षमा सात सय ७५ मत पाउँदा समानुपातिकमा एक हजार पाँच सय ५९ मत पाएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्पm उम्मेदवार नभएको राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिकतर्पm तीन हजार ८१ मत प्राप्त गरेर पाँचौं स्थान सुरक्षित गरेको छ ।






प्रतिक्रिया