धादिङ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दल र स्वतन्त्र गरी धादिङको दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ३९ जना उम्मेदवारले धरौटी जोगाउन सकेनन् । निर्वाचन कार्यालय धादिङले दिएको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले मात्र जमानत फिर्ता पाउने भएका छन् ।
दुई क्षेत्र रहेको धादिङमा १ नं क्षेत्रमा दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार रहेपनि रास्वपाका विजयी उम्मेदवार आशिका तामाङ, नेपाली काङ्ग्रेसका कृष्ण रिजाल, एमालेका भूमिप्रसाद त्रिपाठीले धरौटी फिर्ता पाउने छन् । यस क्षेत्रमा उम्मेदवार रहेका अन्य दल र स्वतन्त्र गरी १९ जनाले धरौटी जोगाउन सकेनन् । त्यसैगरी, क्षेत्र नं २ मा विजयी भएको रास्वपाका बोधनारायण श्रेष्ठ, दोस्रो भएका नेपाली काङ्ग्रेसका रमेशप्रसाद धमला, तेस्रो भएको एमालेका धनबहादुर घले र नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर भण्डारीको जमानत जोगिएको छ । यस क्षेत्र, दल र स्वतन्त्र गरी २४ उम्मेदवारमध्ये २० उम्मेदवारको धरौटी जोगिएन ।






प्रतिक्रिया