+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

यसपटकको चुनावी सुनामीले खुम्चिएर सानो बनेका काङ्ग्रेस, एमाले, नेकपा र मधेशवादी दलका लागि अब सत्ता भनेको सम्झने, पानी छम्कने पो भो त गाँठे । लोकतन्त्र, गनतन्त्र, प्रजातन्त्र, सङ्घीयताको रसास्वादन गरिसकेका पुराना पाटी इतिहास बने भन्दा आसर्जे नै भएन । चुनाउको जय र पराजयमा विभाजित जनता जनार्दन अहिले भन्दै छन् एमालेका कुरा धेरै, काङ्ग्रेसका बुढा धेरै, नेकपाका घटक धेरै, रास्वपाका भुरा धेरै । न्वाँकोटतिर काङ्ग्रेसका दुई धारका सदाबहार नेता महत र केसी आलोपालो समानुपातिकमा परेपछि तेस्रो धार बनाउन लागेका पूर्वमुख्यमुन्तरी फेरि बन्न पाइन्छ कि भनी सपना देख्दै पो होलान् गाँठे कि । आउने हप्ता बालेन सर्खार बनेसि पाटी फेरेर भएनि सत्तामा पुग्नुपर्ने किस्पाङवासी र महाधिवेशन प्रतिनिधिको सल्लाह उहाँका लागि फलामको चिउरा नहोला भन्ने के ग्यारेन्टी । केसी र महत पक्षमा यता र उता गर्ने जिल्लातिरका जता काफल पाक्यो त्यतै चरी नाच्यो स्वभावका कार्जेकर्ता काङ्ग्रेसको केन्द्रमा थापा काजी छउन्जेल केसीको पल्ला भारी देखेर आगामी नयाँ सालाँ हुने नियमित महाधिवेशनाँ जिल्लाको भावी नेतृत्व हात पार्न खुट्टा उचाल्दै चाकडी र चाप्लुसीमा लागे भने पनि के आसर्जे मान्नु र गाँठे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह