धादिङबेँसी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा समानुपातिकतर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । प्राप्त मतपरिणामअनुसार रास्वपा दुवै निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मत प्राप्त गरेर पहिलो दल बनेको हो ।
निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ३४ हजार आठ सय मत प्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ११ हजार नौ सय ७९ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले ११ हजार पाँच सय ६५ मत पाएको छ । नेपाली काङ्ग्रेसले सात हजार आठ सय ३८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार दुई सय ४६ मत प्राप्त गरेको छ । यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाले २८ हजार सात सय ५२ मत प्राप्त गरेको छ । काङ्ग्रेस १८ हजार पाँच सय ५४ मतसहित दोस्रो र एमाले नौ हजार ६ सय ३३ मतसहित तेस्रो बनेको छ । नेकपाले सात हजार आठ सय ७९, राप्रपाले दुई हजार पाँच सय नौ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार पाँच सय १० मत प्राप्त गरेको छ ।






प्रतिक्रिया