खरानीटार । तादी गाउँपालिकाको समन्वयमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र विपद् व्यवस्थापनलगायतका विषयमा मंगलबार अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा तादी गाउँपालिकाको भवनमा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले र पालिकाका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह र विपद् व्यवस्थापनलगायत विषयमा नुवाकोटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल, सशस्त्र प्रहरी बल नेपाल नं १९ गुल्म नुवाकोटका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा केसी, इलाका प्रशासन कार्यालय सातबिसेका प्रशासकीय अधिकृत सावित्रा भण्डारी, तादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोन, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकाल, इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक लोकराज पाठकसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका शाखाका कर्मचारी, विद्यालय, सहकारी, सङ्घ-संस्था, बैंक तथा बित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।






प्रतिक्रिया