+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालसहित बागमतीमा ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान

त्रिशूली अस्पतालसहित बागमतीमा ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान
त्रिशूली प्रवाह
८ महिना अगाडी

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका नुवाकोटसहित १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिरहेको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ सहर बनाएर घोषणा गर्ने गरी अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवम् प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अभिमुखीकरणअनुसार आवश्यक तयारी थाल्न उहाँले सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गरिएको मन्त्री थापामगरले उल्लेख गर्नुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरको पहिचान गरी प्रत्येक जिल्लालाई स्वस्थ सहर निर्माण गरी स्वस्थ नागरिक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले बागमतीलाई स्वास्थ्य क्षेत्रमा नमुना प्रदेश बनाउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई व्यावहारिक, दिगो र परिणाममुखी बनाउने गरी योजना तर्जुमा गरिएको जानकारी दिनुभयो ।

Suzuki New Bike & Scooter

प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवामा गुणस्तरीय बनाउने, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको स्वास्थ्यसचिव गौतमले जानकारी दिनुभयो । स्वस्थ सहर, स्वस्थ नागरिकका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गर्ने गरी प्रत्येक जिल्लामा तयारी गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह