+
Search

ताजा अपडेट +

पपुलर +

ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया खोप

गोसाईँकुण्ड देशभरिमै पहिलो पालिका

ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया खोप
हेमनाथ खतिवडा
१ दिन अगाडी

धुन्चे । रसुवा जिल्ला, गोसार्इँकुण्ड गाउँपालिकाले पहिलोपटक गाउँपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकलक्षित निःशुल्क निमोनियाविरुद्धको खोप अभियान सञ्चालन भएको छ । गाउँपालिकाले जोखिमयुक्त उमेर समूहका नागरिकलाई निमोनियाबाट जोगाउने उद्देश्यले खोप लगाउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । पालिकाले खरिद गरेर निःशुल्क निमोनियाविरुद्धको खोप दिने गोसाईँकुण्ड देशभरिमै पहिलो गाउँपालिका बनेको छ ।

जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने जोखिमबाट बचाउनका लागि गाउँपालिकाले करिब रु.४५ लाखमा फाइजर कम्पनीकोे खोप खरिद गरी निःशुल्क लगाउन लागेको छ । ज्येष्ठ नागरिकप्रतिको गाउँपालिकाकोे सम्मानसहित यस वर्ष वडामा दर्ता भएका ७० वर्षमाथिका ज्येष्ठ नागरिकसहित ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक तथा नेपाल सरकारले तोकेको जटिल किसिमका रोगीले निमोनियाविरुद्धको खोप लगाउन पाउने बताइएको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार यही चैत ९ देखि १६ गतेसम्म ६ वटा वडाका सात सयजना ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाविरुद्धको खोप दिन लागिएको हो । खोप लगाउने ज्येष्ठ नागरिक पाँच सय ९१, ‘क’ वर्गका अपाङ्ग १७ जना, ‘ख’ वर्गका अपाङ्गमा २८ जना, नेपाल सरकारले तोकेको जटिल किसिमको बिरामी ३० जनालगायत गरी करिब सात सयजनालाई खोप लगाइने बताइएको छ । निमोनियाको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनिया ब्याक्टेरियाको सङ्क्रमणबाट बच्न खोल लगाउन थालिएको हो । सबै वडाका स्वास्थ्य संस्थालगायत ४३ स्थानमा केन्द्र निर्धारण गरी खोप अभियान सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

हेमनाथ खतिवडा