यसपालाको चुनाउले पुराना गठबन्धन गर्दै सत्ताको स्वाद चाखिरहेकालाई बिउ नै जोगाउन धौ-धौ पर्यो गाँठे । निर्वाचनको परिणाम यस्तो आउला भनेर कल्पना नै नगरेका बालेन एन्ड रवि कम्पनी यसै हप्ता घन्टी बजाउँदै सत्ता समाल्ने तरखरमा हुँदा पर्जातन्त्र, लोक्तन्त्र, गनतन्त्रमा हालीमुहाली चलाएर अकुत द्रव्यार्जन र सबै तह र तप्कामा आफ्नै मान्छे भरिभराउ गरेका रुढिवादी दल भने रुँदै, कराउँदै देशी-विदेशीलाई सराप्दै समीक्षामा व्यस्त पो छन् गाँठे । नेताले सत्तास्वार्थका लागि गर्न बाँकी केही नराखेको भन्दै तल्ला कमिटीले कारबाहीको डन्डा केन्द्रतिर सोझाएपछि बुढा, गफाडी र गुटैगुट चलाएका पाटीका प्रमुखले के खुसीमा ताली बजाऊन् त ? न्वाँकोटतिर भने जित्ने निश्चित भएका दुवै क्षेत्रमा अन्तर्घात हुँदा काङ्ग्रेस पछारिएको चर्चा केन्द्रसम्म नपुग्ने कुरै भएन । विगतको स्थानीय तह निर्वाचनमा जुन पाटीले जुन पालिकाको प्रमुख जिते, यस पाला दोस्रो हुँदा दुवै क्षेत्रमा घन्टीको सत्र पो पर्यो गाँठे ! स्थानीय सत्ताका प्रमुख रहे पनि मतपेटिकामा भने बेलकोटमा नेकपा तेस्रो, विदुरमा काङ्ग्रेस दोस्रो, किस्पाङमा एमाले तेस्रो, म्यागङ र तारकेश्वरमा काङ्ग्रेस दोस्रो भएकाले न्वाँकोटले फेरि बागमतीको मुख्यमुन्तरी हुने सपना गुमाउन लागेकामा विदुर र किस्पाङमा हल्लीचल्ली चलेर छुट्टी छ गाँठे ।






प्रतिक्रिया