+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक कार्यका लागि भाँडावर्तन सहयोग

सामाजिक कार्यका लागि भाँडावर्तन सहयोग
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

समुन्द्रटार । सामाजिक कार्यका लागि नुवाकोट जिल्ला, दुप्चेश्वर-१ का स्थानीयवासीको मागअनुसार सामूहिक कार्यमा प्रयोग हुने विभिन्न भाँडावर्तन एकजना समाजसेवीले खरिद गरेर सहयोग गर्नुभएको छ । गाउँमा हुने जन्म, मृत्यु, विवाह, व्रतबन्ध, घेवालगायतको कार्यका लागि आवश्यक सात प्रकारका भाँडावर्तन उपलब्ध गराइएको छ ।

दुप्चेश्वर-१ स्थित बोलुङमा सामूहिक कामका लागि आवश्यक भाँडावर्तनलगायत सामग्री गत मंगलबार युवा सामाजिक अभियानकर्मी सुशीलकुमार खड्काले हस्तान्तरण गर्दै सामाजिक सेवालाई आफूले प्राथमिकतामा राखी सेवा गरिरहेको र यसलाई निरन्तरता दिनेसमेत बताउनुभयो । हस्तान्तरण गरिएका सामग्रीमा थाल र कचौरा तीन-तीन सय थान, ठुलो डेक्ची दुई थान, डाडु-पन्यु नौ थान, ठुलो बाटा ६ थान, खाना राख्ने सेट ठुलो तीन थान, चम्चा पाँच सय थान रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह