Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

वैशाख २ देखि दुप्चेश्वर कप राष्ट्रिय भलिबल प्रतियोगिता जित्नेले क्रमशः रू.३,३३,३३३, रू.२,२२,२२२ र रू.१,११,१११ पाउने

वैशाख २ देखि दुप्चेश्वर कप राष्ट्रिय भलिबल प्रतियोगिता जित्नेले क्रमशः रू.३,३३,३३३, रू.२,२२,२२२ र रू.१,११,१११ पाउने
त्रिशूली प्रवाह
१ महिना अगाडी

समुन्द्रटार । नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र स्थानीय प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ ‘सातौँ दुप्चेश्वर कप राष्ट्रव्यापी अन्तरस्थानीय तहस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । अघिल्लो आइतबार गाउँ कार्यपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पालिका अध्यक्ष शंकरबहादुर थापाले उक्त प्रतियोगिता आगामी २०८३ वैशाख २ देखि ५ गतेसम्म रामतीस्थित दुप्चेश्वर महादेव मन्दिरपरिसरमा सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. तीन लाख ३३ हजार तीन सय ३३, द्वितीय हुनेले रु. दुई लाख २२ हजार दुई सय २२, तृतीय हुनेले रु. एक लाख ११ हजार एक सय ११ र सान्त्वना पुरस्कार रु.५५ हजार पाँच सय ५५ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बताउनुभयो । त्यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु.११ हजार एक सय ११, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट कोचलाई जनही रु.पाँच हजार पाँच सय ५५ तथा मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेसमेत बताइएको छ । दुप्चेश्वर महादेवको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता शुल्क प्रतिटिम रु. पाँच हजार रहेको छ । एक स्थानीय तहबाट एउटा मात्र टिम सहभागी हुन पाउने र खेलाडी सम्बन्धित स्थानीय तहको कम्तीमा पाँच वर्षदेखिको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ । खेलाडीको नामावली सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई पेस गर्नुपर्नेछ भने खेल पोसाकमा पालिकाको नाम अनिवार्य हुनुपर्नेछ । प्रतियोगितामा सहभागिता जनाउन यही चैत २७ गतेभित्र दर्ता शुल्क बुझाई टिम दर्ता गरिसक्नुपर्नेछ । खेल अन्तर्राष्ट्रिय मापदण्ड र नेपाल भलिबल सङ्घको नियमअनुसार सञ्चालन हुने जानकारी दिएको छ । थप जानकारीका लागि पालिकाले सामाजिक विकास समिति संयोजक वीरबल तामाङ (मोबाइल नम्बर ९८५१०५१८१०), ध्रुवकर केसी (मोबाइल नम्बर ९८५१०५३७४१) र मइतबहादुर तामाङ (मोबाइल नम्बर ९८४१०५६५१७) लाई सम्पर्क व्यक्ति तोकेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह