+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

देश उखान र गफले चल्दैन भनेर जनताले रास्वपा र घन्टी छानेसि बनेको बालेन सरकारले ल्याएको सय काम गन्न थालिसक्या छन् । कर्मचारीलाई भने ९ बजे भ्याउनाको चिन्तै अर्काे क्या । उता बिचौलियाको बिगबिगीले अस्तव्यस्त मालपोत, नापी, यातायात व्यवस्थालगायत काज्र्यालयलाई बिचौलियामुक्त बनाउने अभियान कहिलेसम्म चल्ला तेस्रो आँखालाई खसखस लाया छ । सरकारले कहिले दुई दिन बिदा, कहिले एसइईको कापी परीक्षण थलोमै गराउने, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, नागरिकता घरघरमै पु¥याउने निर्णय भएसि त हाम्रा नागरिक ओलीको घरघरमा ग्यासजस्तै पर्खन पो लागिह्याछन् । भ्रष्टाचारी र अपराधीको सातोपुत्लो लिएको बालेन सरकारले एक छाक खाने, पैदल लेफराइटलाई पनि कुन दिन राष्ट्रिय नियम बनाए भने आसर्जे नमाने हुने भो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह