+
Search

ताजा अपडेट +

पपुलर +

हरेक आइतबार बट्टारमा कृषि हाटबजार

हरेक आइतबार बट्टारमा कृषि हाटबजार
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । विदुर नगरपालिका र लायन्स क्लब अफ नुवाकोटको संयुक्त लागत साझेदारीमा विदुर-४, बट्टार हावाघरमा हरेक आइतबार कृषि हाटबजार लाग्ने भएको छ । वडा नम्बर ४ ले उपलब्ध गराएको स्थानमा यही वैशाख १३ गते आइतबारदेखि बिहान ८ देखि १२ बजेसम्म हावाघरमा कृषि हाटबजार हुने जानकारी लायन्स हाटबजार व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिनुभयो ।

 

नगरपालिका र क्लबको संयुक्त लागत साझेदारीमा विदुर नगरपालिका-९ को वडा कार्यालय बाघटारमा गत मङ्सिर २६ र पुस ४ गते शुक्रबार र त्यसपछि शनिबार हाटबजार सञ्चालन हुँदै आएको छ । बागटारमा हाटबजारकाा लागि पूर्वाधार (स्टल) निर्माण भएको छ ।

नगरपालिकाको रु.१० लाख र लायन्स क्लब अफ नुवाकोटको रु.पाँच लाखमा संरचना निर्माण भएको छ । विदुरका नगरप्रमुख राजन श्रेष्ठले बुधबार बट्टारमा कृषि हाटबजार केन्द्रको उद्घाटन गर्नुभएको छ ।

सो कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत जिल्ला सुरक्षा समितिका सदस्य, विदुर-१ का अध्यक्ष लेनिन रञ्जितको उपस्थिति रहेको थियो । वडाध्यक्ष निलमबाबु ढुङ्गेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा तरकारी उत्पादक कृषकले स्टल राखेका थिए ।

सो अवसरमा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको र रु.३० हजारभन्दा बढीको कारोबार भएको बताइएको छ ।

वैशाख १३ गते आइतबारदेखि बिहान ८ देखि १२ बजेसम्म हावाघरमा हाटबजार सञ्चालन हुने भएकाले जिल्लवासी कृषकलाई तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउन अनुरोधसहित निःशुल्क रूपमा स्टल उपलब्ध गराउने लायन्स हाटबजार व्यवस्थापन समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह