+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम विदुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन सम्पन्न

प्रथम विदुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन सम्पन्न
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । ‘प्रथम विदुर मेयर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता’ शनिबार सम्पन्न भएको छ । विदुर नगरपालिकाको आयोजना र नुवाकोट जिल्ला ब्याडमिन्टन सङ्घको समन्वयमा भएको प्रतियोगितामा पुरुष एकल खुलातर्फ क्षितिज खनालले प्रथम स्थान हासिल गर्दै उपाधि चुम्न सफल हुनुभएको छ । फाइनल खेलमा प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम हुनुभएका खनालले रु.५० हजार नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो ।

सोही विधामा प्रफुल महर्जनले द्वितीय र विधान अधिकारीले तृतीय स्थान प्राप्त गर्दै क्रमशः नगद ३५ हजार र २० हजार प्राप्त गर्नुभएको छ । त्यसैगरी, प्रतियोगितामा महिला जोडी खुलातर्फ अमिता गिरी र रसिला महर्जनको जोडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान सुरक्षित गर्नुभयो । उहाँहरूले रु.५० हजार नगद पुरस्कार हात पार्नुभयो भने रिहाना शेरचन र सेस्ना सिर्पालीको जोडी उपविजेता भएको छ । सो विधामा तेस्रो स्थान नवीना राई र निम्सा हाङमा सुब्बाको जोडी तथा दिलसा राना र तिलमाया रानाको जोडी भएका छन् । पुरुष जोडी खुला विधामा धादिङका राम मल्ल ठकुरी र सुजन थापाको जोडी प्रथम भएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडी दोस्रो भयो भने सुनील कार्की, सुमित थोकर र ससिन डङ्गोल, सुमन शाक्यको टिमले तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो । ‘महिला र पुरुष खुलातर्फको उपाधि विशाल खड्का र दिलासा रानाको पोल्टामा परेको छ । उहाँहरूले फाइनलमा भोजबहादुर गुरुङ र रोजी राईको जोडीलाई पराजित गर्दै रु.४० हजार नगद पुरस्कार जित्नुभयो । यस विधामा सुनील कार्की, निसाम हाङमा सुब्बा, सुजन थापा र तिलमाया रानाको जोडीले सान्त्वना पुरस्कारस्वरूप रु.१५ हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा खुला ‘बी’ लेभलतर्फ राम राई र श्याम रानाको जोडीले प्रथम पुरस्कार रु.४० हजार प्राप्त गर्नुभयो । त्यसैगरी, हरि केसी र समीर थापामगरको जोडी द्वितीय भयो । त्यस्तै, विधान गुरुङ, कृष्ण सलामी र सुन्दर विक, विमल कुमालको जोडीले तृतीय स्थान हासिल गर्दै खेललाई रोचक बनाएका थिए । ४० वर्षभन्दा माथि उमेर समूहको विधामा विशाल खड्का र सुदीपकुमार योञ्जनको जोडीले सफलता पाएको छ । सञ्जय कपाली र इन्द्र महतोको जोडी उपविजेता बनेको यस विधामा देव गुरुङ, शम्भुकुमार श्रेष्ठ र आकाश छन्त्याल अंकुसाङ शेर्पाको जोडी तेस्रो भयो । भेट्रान्सतर्फको विजेताले रु.५० हजार नगद प्राप्त गरेका छन् ।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न आयोजित नुवाकोट जिल्लास्तरीय खुलातर्फ चन्दन घले र सुरज लामाको जोडी पहिलो भयो । सो विधामा विवेक जोशी र प्रोग्रेस श्रेष्ठ दोस्रो हुँदा राकेश गुरुङ, नवीन श्रेष्ठ र सुशान्त श्रेष्ठ, वसन्त तामाङको जोडी तेस्रो भएका छन् । यसैगरी, नुवाकोट जिल्लास्तरीय खुला ‘बी’तर्फ रोशन डङ्गोल र शम्भु पाण्डेको जोडी पहिलो, सुशील अधिकारी र विनयप्रसाद लामिछानेको जोडी दोस्रो, प्रवीण गुरुङ, सोनु तामाङ र घनश्याम श्रेष्ठ तथा सजनकुमार श्रेष्ठको जोडी तेस्रो भएका छन् । विजेतालाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडाध्यक्ष दीपक कायस्थ, नीलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । खेल संयोजक चन्दन घलेका अनुसार प्रतियोगितालाई मर्यादित र अनुशासित बनाउन प्राविधिक सहयोगका लागि नेपाल ब्याडमिन्टन महासङ्घले सहयोग गरेको थियो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह